परिचयात्मक भिडियो
संघर्ष,
त्याग,
विश्वास !!!
यो एउटा सामान्य कथा हो… यो एउटा असामान्य कथा हो…
यो एउटा सामान्य मान्छेको असामान्य कथा हो
सामान्य परिवारमा जन्मिएकी एक बालिकाको संघर्ष, त्याग र विश्वासको कथा हो
जसले व्यवस्था बदल्न गर्भमा बच्चा र हातमा बन्दुक बोकेर संघर्ष गरिन
र समाजमा व्याप्त अन्याय र अत्याचारका विरुद्ध जङ्गल, सडक र सदनमा लडिन्
जसले देशको लागि आफ्नो सबैभन्दा अमुल्य र उर्वर समय त्याग गरिन र
परिवर्तनका लागि आफ्नो व्यक्तिगत आवश्यकता र चाहना विर्सिन्
जसले आफ्नो दृढता र अठोटको बलमा सबैको विश्वास जितिन्
र रोल्पाको गाउँ देखि र देशकै पहिलो महिला सभामुख भएर इतिहास रचिन
………………………………….
चुनौतीको ठूलो पहाड थियो
छिचोल्न निक्कै गाह्रो थियो
तर यो यात्रा मेरो लागी मात्रै थिएन
मसँग हजारौं सपनाहरु थिए-- हजारौंका सपना थिए…
नमस्कार, म ओनसरी घर्ती मगर
रोल्पाको दुर्गम गाउँदेखि तपाईं हाम्रो ठाउँसम्म आएकी छु,
अँध्यारोबाट भागेर हैन, अन्धकारलाई चिरेर आएकी हु
गाउँ बुझेर आएको छु , शहर चिनेको छु
नविन सोच लिएर आएको छु, स्पस्ट प्रतिबद्दता लिएर आएको छु
प्राथमिकता र गर्न सकिने बाचा मात्र लिएर आएको छु
काठमाडौं २ का लागि आशा बोकेर आएको छु
लामो संघर्ष र बलिदानले व्यवस्था त बदल्यौ
आउनुहोस् अब
तपाईं हामी सँगै मिलेर देशको अवस्था बदलौं
………………………………………….
**************************
व्यवस्था बदल्ने हामी अब अवस्था
Comments
Post a Comment