मेरो अपिल

 






PDF हेर्न येहा Click गर्नु होस ।


आदरणीय आमाबुबादिदीबहिनी तथा दाजुभाईहरु,

वाम–लोकतान्त्रिक गठबन्धनको उम्मेदवारहरुको तर्फबाट हार्दिक नमस्कार ।

 

ऐतिहासिक जनआन्दोलन र जनयुद्धको जगमा स्थापित भएको प्रगतिशील र समावेशी संविधानअनुसार देश विकास र आर्थिक उन्नतिको चरणमा प्रवेश गरेको छ । विगतमा दुईपटक गरिएको संसद विघटनले देशको राजनीतिक स्थिरतासंवैधानिक  सर्वोच्चता र जनताको आर्थिक समृद्धिप्रतिको तिव्र आकांक्षामाथि घात पुर्याएको छ । बदलिएको राजनीतिक परिस्थितिमा देशलाई दिशानिर्देश गर्दै उत्पादनमुखीसमावेशी अर्थतन्त्र र दिगो विकासको युगमा लैजान हामी संविधानको रक्षक वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरु जनता समक्ष आईपुगेका छौँ ।

भौगोलिक हिसाबले काठमाडौँ महानगरपालिकाका वडा नं. ९ र ३२कागेश्वरी मनोहरा नगरपालिकाका वडा नं. ४९ र शंखरापुर नगरपालिकाका वडा नं. १ देखि ९ समेटेर बनेको यस काठमाडौ क्षेत्र नं. २ मा सहरी र ग्रामीण बस्तीको मिश्रित परिवेश रहेको छ ।

प्राकृतिक एवम् सांस्कृतिक पर्यटन तथा कृषिको प्रचुर सम्भावना बोकेको यस क्षेत्रलाई राजधानीकै पर्यटकीय केन्द्रको रुपमा विकास गर्नेछौ । यसका आधारहरु प्राकृतिक पर्यटकीय सर्किट क्षेत्रको पूर्वाधार विकाससांस्कृतिक सम्पदाको संरक्षणफलफुल खेती एवम् कृषिमा आधुनीकिकरण र कृषि पकेट क्षेत्रको विकाससाइकल लेन सहितको सडक सञ्जालविशेष खेलकुद क्षेत्रको विकाससाना तथा मझौला उद्योगको प्रर्वद्धन रहेका छन् । यसैगरी यस क्षेत्रमा गुणस्तरीय शिक्षासुलभ स्वास्थ्यसफा खानेपानीप्रयाप्त सिँचाइको व्यवस्थास्वच्छ र स्वस्थ वातावरणसुरक्षाको प्रत्याभुतिसाथै नागरिकलाई रोजगारीको अवसरहरू सृजना गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।

नेपालको कानूननीतिनियमहरु निर्माण गर्ने हाम्रो यो प्रतिबद्धतामा हामीसगैँ रहेर २०७९ मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि काठमाडौं क्षेत्र नं. २ वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई भोट दिई अत्याधिक बहुमतका साथ विजय गराउनु हुन यस क्षेत्रका सम्पुर्ण मतदाता ज्यूहरुलाई हार्दिक अनुरोध गर्दछौँ ।

 

 

हाम्रा प्रतिबद्दताहरुः  दिगो विकाससमावेशी अर्थतन्त्र ।।

दिगो विकास

·       दिगो विकासका लागि आवश्यक नीतिकार्यक्रम र पूर्वाधार निर्माणमा जोड दिने ।

·       जलवायु आपतकाल ९ऋष्mिबतभ भ्mभचनभलअथ० घोषणा गरी अन्तराष्ट्रिय समुदायलाई प्रभावकारी रुपमा अनुकुलन र न्यूनीकरणका थप कार्यक्रमहरु लागू गर्न दवाब दिने ।

·       प्रदूषण नियन्त्रण बोर्डको स्थापना गरी प्रदुषण नियन्त्रणका लागि काम सुरु गर्न पहल गर्ने ।

·       सस्तोभरपर्दो र स्वच्छ उर्जाको लागि निति निर्माण गर्ने ।

 

समावेशी अर्थतन्त्र 

·       D3 (Data Driven Decision अनुसार व्यवसायलाई मुल्याकंनअनुगमन र प्रवद्र्धन गर्ने ।

·       स्टार्ट अप तथा साना व्यवसायको सुरक्षा र प्रवद्र्धनका लागि निति निर्माण गर्ने र ‘स्टार्टअप लगानी कोष’ को स्थापना गर्ने ।  ।

·       गृहीणी र स्वरोजगारका लागि उद्यममा आधारित सिपमुलक तालिम संचालन गर्ने ।

·       सामुहिक कृषिउत्पादन र वितरणको अवधारणा ल्याउने र कृषिमा आधुनीकिकरण र व्यावसायिकीकरण गर्ने ।

 

शिक्षा र स्वास्थ्य

·       हरेक विश्वविद्यालयमा “अनुसन्धान तथा आविस्कार केन्द्र” को स्थापना गर्ने ।

·       संविधान अनुसार निशुल्क आधारभुत शिक्षा र स्वास्थ्य लागू गर्न जोड दिने । र स्वास्थ्य विमा कार्यक्रमलाई  प्रभावकारी वनाउने ।

·       सरकारी तथा सामुदायिक विद्यालयमा भौतिक तथा प्राविधिक पूर्वाधार र शैक्षिक गुणस्तरको सुधार गरी सबै सरकारी शैक्षिक संस्थालाई विद्यार्थी र अभिभावकको पहिलो रोजाइ बनाउन पहल गर्ने ।

·       सिमान्तकृत गरिव समुुदायका घर परिवार लक्षित पौष्टिक आहारसुत्केरी स्याहार लगायतका विषेश कार्यक्रम संचालनमा ल्याईने

·       ‘प्रत्येक नागरिक स्वस्थ नागरिक’ अभियान अन्तर्गत खुला जिम को व्यवस्थापन गर्ने । 

 

महिलाजनजातिदलितर अपाङ्गहरुको सशक्तिकरण

·       महिलाहरुको सशक्तिकरणका लागि महिला उद्यमशिलताको विकासमहिला हिंसा न्यूनिकरण र क्षमता विकासका नीति तथा योजनाहरु बनाउने ।

·       गर्भवती महिलाको लागि निःशुल्क सार्वजनिक यातायातको सेवा प्रदान गरीने । 

·       जनजाती तथा दलितवर्गहरुलाई मध्यनजर गरेर आधुनिक र प्रविधिमैत्री उद्यमशीलता तथा सीप सिकाई केन्द्रहरुको स्थापना गर्ने ।

·       सम्पुर्ण सरकारी कार्यालय तथा सामुदायिक संस्थाअस्पतालसडक तथा यातायातसार्वजनिक मठमन्दिर तथा गुम्बार शैक्षिक संस्थाहरुलाई अपाङ्गमैत्री बनाउने ।

·       महिलाजनजातिदलितर अपाङ्गहरुको विशेष ज्ञान र क्षमताको आधारमा व्यवसायिक कार्यक्रमहरु संचालन गर्ने ।

 

सुशासन

·       डिजिटल प्रशासन (Digital Governance) अवधारणालाई मुर्त रुप दिने ।

·       नगद मुक्त अर्थव्यवस्था (Cashless Economy) को आधार तय गर्ने ।

·       “आर्थिक पारदर्शिताशुन्य भ्रष्टाचार” को नीति लागू गर्ने ।

·       सरकार र सरकारको मातहतमा रहेका कार्यालयहरुको जनताप्रतिको जवाफदेहिता सुनिश्चित गर्ने ।

 

काठमाडौँ ः व्यवस्थित  सुरक्षित सहर

·       मनोहरा करिडोरपेप्सीकोला–सिनामगंल टनेल (Tunnel) निर्माण र जडिबुटी –तिनकुने अन्डर पास (UnderPass) बनाई कोटेश्वरको ट्राफिक जाम न्यूनिकरण गर्ने ।

·       आवश्यक स्थानमा मेलम्ची खानेपानी आयोजना जडान गर्न पहल गर्ने ।

·       तिनकुने मुआब्जा समस्या समाधान गरी उक्त स्थानमा अन्तराष्ट्रियस्तरको पार्क निर्माण गर्ने ।

·       स्थानियप्रदेश तथा संघिय सरकारको समन्वयनकर्ताको भूमिका निर्वाह गरी फोहर र ढल व्यवस्थापन गर्ने ।

·       सबै खोलामा बग्ने प्लाष्टिकजन्य फोहरलाई (Trash Rack) निर्माण गरी संकलन गर्ने र उचित व्यवस्थापन गर्ने ।

·       पेप्सिकोला—ब्रह्मखेल सडकको निर्माण सम्पन्न हुुन बाँकि सडक खण्डलाई सम्झौता अनुसार सम्पन्न गराउने ।

·       स्मार्ट सडकबत्ती र ऋऋत्ख् को व्यवस्थीत जडान गरी उज्यालोसुन्दर र सुरक्षित सहर बनाउने ।

·       एअरपोर्ट वरिपरिको क्षेत्रलाई “24x7 City” को रुपमा विकसित गर्ने ।

 

कागेश्वरी मनोहराः (Sports City)

·       खेलकुद पार्कखेलकुद एकेडेमी तथा वैकल्पिक राष्ट्रिय रगंशाला निर्माण गरी खेल पर्यटनको प्रवद्र्धन गर्ने । 

·       कागेश्वरीलाई प्रशस्त खानेपानीयुक्तपर्यावरण मैत्री शहर बनाउन तीन प्रतिबद्धता ।

o   ग्राउन्ड वाटर रिचार्जः कृत्रिम पोखरीपर्कोलेसन वाटर च्यानलहरु निर्माणद्धारा ग्राउन्ड वाटर रिजार्ज गरेर भुमिगत पानीको संरक्षण गर्ने ।

o   डिप बोरिङ आयोजनाः  कागेश्वरीमा भूमिगत पानीको प्रचुर सम्भावना भएको हुँदाडिप बोरिङका आयोजनाहरु संचालनमा ल्याउने ।

o   रेन वाटर हार्भेस्टिङ्गः बर्खायामको पानीको संचयउपभोग र व्यवस्थापनका निमित्त रेन वाटर हार्भेस्टिङको आयोजना संचालनमा ल्याउने कागेश्वरीको बिद्यमान खानेपानी समस्याको समाधान खोज्नको लागि काँडाघारी खानेपानी आयोजनामैनाल खानेपानी आयोजनासातघट्टे खानेपानी आयोजना र हात्ती डाँडा खानेपानी आयोजनाको दुर्त गतिमा समापन गर्ने र थप व्यवस्थित गर्न मेलम्ची खानेपानी आयोजनाको सञ्चालन र विस्तारमा जोड दिने ।

·       चावहिल–साँखु सडकलाई मापदण्ड अनुसार यथासिघ्र (२ वर्षमा) निर्माण सम्पन्न गर्ने ।

·       शालीनदि–मनोहरा–मुलपानी–हरहर महादेव–पेप्सिकोला–नरेफाँट–बालकुमारी हुँदै मनोहरा करिडोर निर्माण गर्ने र सार्वजनिक यातायातलाई व्यवस्थित गर्न इलेक्ट्रिक ट्राम ९त्चबm० संचालन गर्ने ।

·       मनोहरा खोलाको कटान तथा डुबानलाई नियन्त्रण गर्न तटबन्ध निर्माण गर्ने तथा जग्गा एकिकरण गर्न पहल गर्ने । 

·       दक्षिणढोका क्षेत्रमा रहेको डुबानको समस्याको उचित निकासी गरी समाधान गर्ने ।

·       स्मार्ट सडकबत्ती र ऋऋत्ख् को व्यवस्थीत जडान गरी उज्यालोसुन्दर र सुरक्षित सहर बनाउने ।

 

शंखरापुर ः कला सांस्कृतिक ग्राम

·       नेपालको कलासाहित्य र संस्कृति झल्किने गरी सांस्कृतिक ग्राम निर्माण गरी पर्यटन पवद्र्धन गर्ने ।

·       ऐतिहासिक र पुरातात्विक महत्व बोकेका नेवाः सांस्कृतिक सहर साँखुशालीनदीबज्रयोगिनी तथा मणिचुड क्षेत्रलाई समेटेर सुन्दर धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न वृहत गुरुयोजना तयार गरि सोही अनुसारका संरचना निर्माणसम्पदा संरक्षणपर्यटकीय पथकेवलकार निर्माणको पहल गर्ने । साथै बज्रयोगिनी मन्दिरलाई विश्व सम्पदा सुचीमा सुचिकृत गर्न आवश्यक पहल गर्ने ।

·       कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गत प्राकृतिक श्रोत व्यवस्थापन कलेज नाङ्लेभारेमा स्थापना गर्ने ।

·       यस क्षेत्रमा कृषिको विशेष सम्भावना रहेको हुनाले चिस्यान केन्द्रमल तथा सिँचाईको व्यवस्था गर्ने र यस क्षेत्रमा उत्पादन हुने आलु तथा स्कुसको औद्योगीक प्रशोधन गरी रोजगारी सृजना गर्ने ।

·       ध्वनी सूचक यन्त्रकम भोल्टेजको बार र वन पाले प्रयोग गरी जंगली जनावरबाट कृषि बालीको सुरक्षाका लागि पहल गर्ने ।

·       साँखु –फड्केश्वर सडकलाई पुर्णता दिई मध्यपहाडी लोकमार्ग सडकसँग जोड्ने । साँखु– बज्रयोगिनी– घुमारचोक– डाँडाकटेरी –चौकि  भंज्याङ –धारापानी –पटाप –कुण्डेश्वर–सिन्धुपाल्चोक सडक निर्माण लाई पूूर्णता दिने । इन्द्रायणीसाना गाउँ–भुल्बु–घुमारचोक–मणिचूड–चिसापानी सडक स्तरोन्नती गर्न पहल गर्ने ।  यस क्षेत्रका बाटो नपुगेको ठाँउमा नयाँ बाटो र पुगेको ठाँउमा मर्मत सम्भार तथा पिच गर्ने ।

·       शंखरापुुर नगरपालिकाको वडा नं. ३ स्थीत जहरसिंहपौवामा सुुबिधा सम्पन्न अस्पताल निर्माण गर्ने ।

·       एक घर एक धारा शुुद्घ खानेपानी वितरण कार्यक्रमलाई अगाडि बढाउन हाल प्राथमिकता पूूर्वक सञ्चालनमा रहेका महत्वपूर्ण आयोजनाहरुः साँगाचोक बृहत खानेपानीसाँखुु खानेपानीनाङ्लेभारे एकिकृत खानेपानीबज्रयोगिनी मणिचूूडलप्से खानेपानीइन्द्रायणी खानेपानीडाँछिभद्रवास खानेपानीभैमाल काँडाघारी खानेपानी आयोजनाहरुको थप विकास र विस्तारमा जोड दिँदै अन्य अव्यवस्थित खानेपानी योजना निर्माण सञ्चालनका लागि प्राथमिकतापूर्वक कार्य गरिने छ ।

Comments