मेरो अपिल
PDF हेर्न येहा Click गर्नु होस । आदरणीय आमाबुबा , दिदीबहिनी तथा दाजुभाईहरु , वाम–लोकतान्त्रिक गठबन्धनको उम्मेदवारहरुको तर्फबाट हार्दिक नमस्कार । ऐतिहासिक जनआन्दोलन र जनयुद्धको जगमा स्थापित भएको प्रगतिशील र समावेशी संविधानअनुसार देश विकास र आर्थिक उन्नतिको चरणमा प्रवेश गरेको छ । विगतमा दुईपटक गरिएको संसद विघटनले देशको राजनीतिक स्थिरता , संवैधानिक सर्वोच्चता र जनताको आर्थिक समृद्धिप्रतिको तिव्र आकांक्षामाथि घात पुर्याएको छ । बदलिएको राजनीतिक परिस्थितिमा देशलाई दिशानिर्देश गर्दै उत्पादनमुखी , समावेशी अर्थतन्त्र र दिगो विकासको युगमा लैजान हामी संविधानको रक्षक वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरु जनता समक्ष आईपुगेका छौँ । भौगोलिक हिसाबले काठमाडौँ महानगरपालिकाका वडा नं. ९ र ३२ , कागेश्वरी मनोहरा नगरपालिकाका वडा नं. ४ , ५ , ६ , ७ , ८ , ९ र शंखरापुर नगरपालिकाका वडा नं. १ देखि ९ समेटेर बनेको यस काठमाडौ क्षेत्र नं. २ मा सहरी र ग्रामीण बस्तीको मिश्रित परिवेश रहेको छ । प्राकृतिक एवम् सांस्कृतिक पर्यटन तथा कृषिको प्र...